शुक्रबार सुनको मूल्य ८०० रुपैयाँले बढ्यो

Nepal One HD १ असार २०८० ११:४७
अर्थ समाचार

काठमाडौँ / नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोलामा ८०० रुपैयाँले बढेको हो ।

यसअघि, बिहीबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको हो ।

बिहीबार प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज १ लाख ११ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।

यता, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर १ हजार ४२५ रुपैयाँ पुगेको हो ।


प्रतिक्रिया