`

बुधबार पनि सुनचाँदीको मूल्य घट्यो

Nepal One HD ६ असार २०८० ११:४५
अर्थ समाचार

काठमाडौँ / नेपाल सुनचाँदी महासंघका अनुसार लगातार दोस्रो दिन पनि सुनचाँदीको मूल्य घटेको छ । महासंघका अनुसार बुधबार पनि सुनचाँदीको मूल्य घटेको थियो ।

महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ८०० र चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम छ ।

मंगलबार छापावाल सुनको मूल्य १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ कायम थियो । मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको थियो । मंगलबार १४ सय ३० रुपैयाँ कायम रहेको चाँदी बुधबार १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया