`

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार?

Nepal One HD ११ असार २०८० ११:४०
अर्थ समाचार

काठमाडौँ / नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० मा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य आज १ हजार ३६५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँले बढेको हो ।


प्रतिक्रिया