सातामा प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य

अर्थ समाचार

काठमाडौँ – यो साता नेपाली बजारमा प्रतितोला ५०० सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा ५०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँमा आइपुगेको छ ।
गत साताको शुक्रबार तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य यो साता १ लाख ११ हजार २५० रुपैयाँ छ ।
यो साता चाँदीको कारोबार मूल्य भने स्थिर कायम छ । गत साताको शुक्रबार तोलामा १३ सय ९५ रुपैयाँ रहेको चाँदी यो साताको शुक्रबार समेत सोही मूल्यमा कारोबार भएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट