गायक शिव कैलाशले ल्याए मनका कुरा

NepalOne ११ माघ २०८१ १८:४०
भिडियो

मनका कुरा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक शिव कैलाशको स्वररहेको मनका कुरा बोलको गीतको भिडियोमा सुन्दरी मोडल स्मारिका ढकाल र गायक कैलाश स्वयमको अभिनय रहेको छ । एक प्रेमील जोडीको प्रेम कथालाई देखाइएको माया गर्ने मै हो हरेक प्रेमी मनहरुका लागि उपहार हुन सक्छ ।

एक प्रेमीले जोडीले एक भएर एकान्तमा बिताएको रमाइलो पल र रोमान्टिक माहोललाई देखाइएको भिडियो हरेक प्रेम जोडीका लागि उपहार हो गायक कैलाश भन्छन् । रमाइलो गर्दै भिडियो सुटिगं गरियो सोचेभन्दा राम्रो भिडियो बन्यो उनले भने । भिडियोमा मोडलद्धय शिल कैलाश र स्मारिका मज्जैसँग अभिनयमा खुलेका छन् । भिडियोमा एक प्रेमील जोडीको प्रेमील कल्पना ,मायामा डुबेको प्रेम जोडी र रोमान्सले भरिएको समयदेखि विवाह गरेर एक हुँदा सम्मको सफल प्रेम कहानीलाई रोमान्टिक शैलीमा निर्देशक प्रकाश धितालले प्रस्तुत गरेका छन् । निर्देशक प्रकाश पछिल्लो पुस्ताका अनुभवी तथा नयाँ पनको प्रयोग गर्न रुचाउने निर्देशक हुन् ।

गायक कैलशकै शब्द, संगीत रहेको मनका कुराको एरेन्ज आकाश नेपाललीले गरेका हुन् । रोशन विश्वकर्माको कोरियोग्राफी, सुबिन गोदालको छायांकन तथा राकेश दाहालको कलर र सम्पादन रहेको भिडियो गायक कैलाश स्वयमकै अफिसियल च्इानलबाट बजारमा आएको हो ।

चितवन राप्ती नगरपालिकाका गायक, गीतकार तथा संगीतकार शिव कैलाश अधिकारी बाल्यकालदेखि नै गीत संगीतमा औधी रुची रुाख्ने व्यक्त्तिव हुन् । यसअघि नै १२ वटा गीत आफ्नै शब्द संगीत र स्वरमा बजारमा ल्याईसकेका कैलाश अभिनयमा रुचि राख्छन् । उनका सबै गीतमा उनी आँफैले मोडलिगं गर्दै आइरहेका छन् भने उनका शब्द शृजनामा दिग्गज गायकहरु दीप श्रेष्ठ, आनन्द कार्की , मुरलीधर, विष्णु अधिकारी लगायतले पनि स्वर भरेका छन् ।

कैलाशका मेरो प्यारो गाउँ, देउरालीको दोबाटो, मनका कुरा बजारमा आइसकेका छन् भने अन्य डेढ दर्जन बढी गीतहरु आउने क्रममा रहेका छन् । साहित्यकार समेत रहेका गायक, गीतकार तथा संगीतकार शिव कैलाश अधिकारीदुई कृति प्रकाशनको तयारीमा छन् । आखिर किन कविता संग्रह प्रकाशित भइसकेको छ ।


प्रतिक्रिया