दीपक र पूर्णमाले ल्याए ल्हासो ल्हासोको भिडियो

NepalOne १५ माघ २०८१ ९:४१
भिडियो

बहुचर्चित गायिका पुर्णिमा लामा छोटो छोटो समयको अन्तरालमा आफ्ना सृजनाहरु बजारमा ल्याईरहने गायिकामा पर्छिन् । डेढ दशकदेखि गायनमा निरन्तर सक्रिय गायिका लामाले हालै ल्हासो ल्हासो बोलको गीतको भिडियो रिलिज गरेकी छिन् । सार्वजनिक गीतमा गायिका लामालाई दिपक तामाङले स्वरमा साथ दिएका छन् । शब्दर संगीतर एरेन्ज दिपक तामाङको रहेको उक्त ल्होछार गीत गायिका पुर्णिमा लामा र दिपक तामाङ को सयुंक्त आवाजमा सार्वजनिक गरिएको हो । इन्जिनियस टेलिभिजनद्वारा सार्वजनिक डम्फु सेलो कार्यक्रममा दोहोरी गायर जमेका पुर्णिमा लामा र दिपक तामाङ्को दोस्रो सहकार्य ल्होछार विशेष गीत ल्हासो ल्हासो सार्वजनिक भएको हो ।

उक्त ल्होछार गीत हालै मात्र दिपक तामाङ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गल्छी गाउँपालिका ७ मछेडीखोला, धादिङकी पूर्णिमा लामा नेपाली गीत संगीत क्षेत्रकी चर्चित गायिका हुन्। नेपाली गीत संगित क्षेत्रको एक चम्किलो तारा पूर्णिमा सानै उमेर देखि नेपाली गीत संगीत क्षेत्रमा दरिलो खम्बाको रुपमा स्थापित छिन्। गायिका लामाको आवाजमा यो वर्ष मात्रै दर्जनौ गीति संग्रह सार्वजनिक भए। जुन गीतहरुले राम्रो चर्चा बटुलीरहेका छन्। उनका मुटु जली खरानी भो, फूल भनौं जिन्दगीलाई’ धेरै माया नगर्नु यहा कसैलाई, जस्ता चर्चित गीतहरु लाखौं दर्शक तथा श्रोताको मनमा बस्न सफल छन्। छोटो समयमै गायन क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल गायिका हुन् पूर्णिमा। कसैले जीवनभर लामो समय संघर्ष गर्दा पनि सफलता हासिल गरेका हुँदैनन्। त्यस अर्थमा उनी सफल र भाग्यमानि ठान्छिन् । उनले गाएका ‘आगो’, ‘बन्दुक र गोली’ लगायतका चर्चित गीतहरुले युट्युबमा मिलियन भ्यूज पाएका गीतहरु हुन्। यस्तै ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’ लगायत उनका थुप्रै गीत चर्चामा छन्।

पूर्णिमाका लागि संगीत नशा हो। सबैभन्दा नजिकको साथी हो। उनका लागि संगीत सुन्दर चीज हो । कुनैपनि काम संगीतबिना अपुरो नै हुन्छ। ‘संगीत मेरा लागि कर्म, धर्म हो । सधैं अनुशासन पालना गरेर अगाडी बढ्नेछु । खान लाउन नपाए पनि यसैमा समर्पित हुनेछु ।’ उनी भन्छिन्, ‘गीत संगीतबाट घर बनाउँछु, पैसा कमाउँछु भन्ने छैन । तर, यसैमा समर्पित हुन मन छ । उनी आफूलाई भाग्यमानि ठान्छिन् । पूर्णिमाले महत्वकांक्षा बोकेकी छैनन् । उनी गीत, संगीतमै रमाउँन, जीवन बिताउँन चाहन्छिन्। देश तथा बिदेशमा समेत चर्चित गायिका पुर्णिमा सांगीतिक कार्यक्रमहरुमा पनि उत्तिकै ब्यस्त छिन भने उनी हालै मा सांगीतिक कार्यक्रमको शिलसिलामा दुबाई र बहराइन पुगे फर्कएकी हुन्। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गायिका लामा एपिक संगीत रत्न सम्मानबाट सम्मानित भइसकेकी छिन्। त्यस्तै चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ मा एपिक संगीत रत्न सम्मानपत्र सहित ३३ हजार ३३३ रुपैया नगद पुरस्कार प्राप्त गरेकी छिन्।

उनले पाँचौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७३ सर्वोत्कृष्ट नवगायिका, पहिलो नेपाल म्युजिक अवार्ड २०७५ सर्वोत्कृष्ट नव गायिका, ११ औं बिन्दबासिनी म्युजिक अवार्ड २०७७ सर्वोत्कृष्ट गायिका सुगम संगीत, नवौं म्युजिक खबर म्युजिक अवार्ड २०७८ सर्वोत्कृष्ट गायिका सुगम संगीत लगायत दर्जनौं अवार्डहरु हात पारिसकेकी छिन्। उनले हङकङ , कोरिया , कतार लगायत दर्जनौ देशहरुमा समेत आफ्नो साँगितिक प्रस्तुती दिइसकेकी छिन् ।


प्रतिक्रिया