एलिना चौहानको ‘दुखें धेरै दुख्न पुग्यो’

NepalOne १८ वैशाख २०८२ १६:३४
मनोरञ्जन

काठमाडौं । गायिका एलिना चौहानको एकदमै मार्मिक गीत ‘दुखें धेरै दुख्न पुग्यो’ को हो म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ गीतकार तथा समाजसेवी सरला श्रेष्ठको शब्द रचना लोकप्रिय संगीतकार लक्ष्मण पोखरेलको संगीतमा चर्चित गायिका एलिना चौहानले गाएको यस गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको हो ।

गीतमा एलिनाको वास्तविक जीवनसँग मेल खाने जस्तो भएको छ । म्युजिक भिडियो एकदमै राम्रो बनेको छ । म्युजिक भिडियोमा स्मारिका ढकाल र सुरेश कोइलको एकदम दमदार अभिनय देख्न सकिन्छ भने उत्सव दाहालको छायाँकन, मीन रावलको सम्पादन र कृष्णदेव रुपाखेतीको निर्देशन रहेको छ ।

भिडियो सार्वजनिकपछि गीतकार सरला श्रेष्ठले गीतको भावअनुसारको म्युजिक भिडियो निर्माण गर्न सफल भएकोमा निर्देशक रुपाखेतीलाई धेरै धेरै बधाई तथा शुभकामना दिएकी छन् । म्युजिक भिडियो गीतकार सल्लाह श्रेष्ठको आफ्नै युट्युब च्यानल एसएस क्रिएसनमार्फत ल्याएका छन् ।

https://youtube.com/watch?v=UCY7COaH60I%3Fsi%3D7A3OXKC5_lIwSwJD

प्रतिक्रिया