फिल्म ‘रंगी’ लण्डनमा पनि प्रदर्शन हुने

NepalOne २३ वैशाख २०८२ ११:०६
मनोरञ्जन

काठमाडैं । नेपाली फिल्म ‘रंगी’ लण्डनमा पनि प्रदर्शन हुने भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यो फिल्म मे ९ तारिखमा लण्डनका २७ वटा हलबाट प्रदर्शनमा आउन लागेको हो ।

यस फिल्मलाई महारानी प्रोडक्सनको विक्रम जोशीले प्रदर्शनका लागि जिम्मा लिएका छन् । फिल्मको लण्डनमा प्रदर्शनका लागि सेन्सर पास भइसकेको जोशीले बताए ।

उनका अनुसार यो फिल्मले लण्डनमा प्रदर्शनका लागि सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ। यसअघि यो फिल्म अष्ट्रेलियाको विभिन्न शहरमा प्रदर्शनमा आएको थियो । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म बाबुछोरीबीचको कथामा आधारित रहेको छ।


प्रतिक्रिया