महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित

प्रमुख खबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । यसअघि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।
गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । त्यस्तै पाण्डेमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरिएको छ ।
गत चैत २१ गते प्रशासकीय प्रमुख गुरागाईं महानगर कार्यालय प्रवेश गर्ने क्रममा नगर प्रहरीले उनलाई अवरोध गरेको थियो । यसक्रममा भएको हुलहुज्जतको नेतृत्व नगरप्रहरी प्रमुख पाण्डेले नै गरेको ठहर गुरागाईंले गरेका छन् ।
प्रतिक्रिया
ताजा अपडेट