सगरमाथाबाट अनर ४०० फाइभजी एआई स्मार्टफोन सार्वजनिक


काठमाडौं । विश्वप्रसिद्ध एआई डिभाइस इकोसिस्टम कम्पनी अनरले नयाँ अनर ४०० फाइभजी सिरिजको सुरुवात विश्वको सर्वोच्च शिखर सगरमाथाबाट गरेर इतिहास रचेको छ । यो विश्वकै पहिलो सार्वजनिक कार्यक्रमले अनरको साहसी दृष्टिकोण र नवप्रवर्तनको सीमालाई नाघ्ने प्रतिबद्धतालाई दर्शाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ‘अनरको एआई शिखरमै, संसारको शिखरमै’ भन्ने सन्देश दिन खोजिएको हो । अनर ४०० फाइजी सिरिज कुनै पनि उचाइमा काम गर्न सक्षम भएको कम्पनीको दाबी छ । स्टाइलिस डिजाइन, शक्तिशाली एआई फिचर र फ्ल्यागसिप स्तरका क्यामेराको संयोजनमा आधारित यो स्मार्टफोनले प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्ने बताइएको छ ।
काठमाडौंको हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा सेलट्रोन नेपालका प्रमुख कार्यकारी अधिकृत राहुल राठीले अनर ४०० फाइजी सिरिजको प्रिबुकिङ आजदेखि नै सुरु भएको घोषणा गरे । प्रिबुक गर्दा ग्राहकलाई विशेष निःशुल्क अफरहरू पनि प्रदान गरिनेछ । पहिलो बिक्री २ असारदेखि सुरु हुनेछ ।
यस्ता छन् अनर ४०० फाइभजी एआई स्मार्टफोनका विशेषता
अनर २०० मेगापिक्सल अल्ट्रा–क्लियर एआई मुख्य क्यामेरा रहेको यस स्मार्टफोनमा एआई क्रिएटिभ एडिटिङ (एआई इमेज टु भिडियो, एआई सुपर जुम, एआई पोट्र्रेट स्न्याप, एआई रिमुभ रिफ्लेक्सन, एआई इरेजर, एआई आउटपेन्टिङ, एआई अपस्केल) लगायत समावेश छन् । यस्तै फ्ल्यागसिप स्तरको प्रदर्शन (स्न्यापड्रागन) ८ जेन ३ प्रोसेसर०, ६०००एमएएच ब्याट्री प्लस १०० वाट चार्जिङ सपोर्ट र आईपी ६८ र आइपी ६९ पानी प्रतिरोध क्षमता स्मार्टफोनमा समावेश छ ।
एआईले सशक्त बनाएको फोटोग्राफी, फ्ल्यागशिप स्तरको प्रदर्शन, र आकर्षक डिजाइनसहित अनर ४०० फाइजी सिरिजले स्मार्टफोन नवप्रवर्तनको सीमालाई फराकिलो बनाएको छ र यसको संसारको सर्वोच्च शिखरबाट सार्वजनिक हुनु असीम सम्भावनाको प्रतीक हो ।