सुनको मूल्य तोलामा १३ सयले बढ्यो

अर्थ समाचार

काठमाडौँ । मङ्गलबारको तुलनामा नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० र चाँदीमा १५ रुपैयाँले बढोत्तरी भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला सुनको मोल एक लाख ९१ हजार ३०० कायम भएको छ भने एक तोला चाँदी दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया
ताजा अपडेट