पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

NepalOne २८ जेठ २०८२ १२:१५
प्रमुख खबर

काठमाडौं । पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंबाट विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर गरेको भन्दै प्रहरीको साइबर ब्युरोले उनीविरुद्ध पक्राउ अनुमति मागेको थियो ।

जिल्ला अदालत काठमाडौंले मंगलबार पक्राउ पुर्जी जारी गरेको प्रहरी उच्च अधिकारीले जानकारी दिएका छन् ।

उनीविरुद्ध आफ्नै युट्युब च्यानलमार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुत्र जयवीरसिंह देउवाको होटल हिलटनमा लगानी रहेको अपुष्ट समाचार प्रसारित गरेको आरोप छ ।


प्रतिक्रिया