प्रेमध्वज प्रधानको ८९ औं जन्मजयन्तीका अवसरमा चार संगीतकर्मीलाई सम्मान


चौतारा । संगीतकार स्व. प्रेमध्वज प्रधानको ८९ औं जन्मजयन्तीका अवसरमा चार संगीतकर्मीलाई सम्मान गरिएको छ । प्रधानकै जन्मस्थल सिन्धुपाल्चोकको चौतारामा गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा चारजनालाई नगदसहित सम्मान गरिएको हो ।
गायिका मीरा राणालाई नगद १ लाख १ रुपैयाँसहित प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२ बाट सम्मानित गरियो। राणाको पतिको प्रतिकुल स्वास्थ्यका कारण कार्यक्रममा सहभागी हुन नसकेपछि सो सम्मान उनका भाइ विजेन्द्र मिश्रले ग्रहण गरेका थिए ।
प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यवादन सम्मानबाट वाद्य संगीत निर्देशक मोहनकृष्ण कार्की ढलीलाई नगद ५० हजार रुपैयाँ प्रदान गरियो। त्यस्तै, प्रेमध्वज प्रधान राष्ट्रिय युवा संगीत पुरस्कार २०८२ बाट गायक सुरजकुमार थापालाई नगद ५० हजारसहित सम्मान गरियो।
प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा संगीत सम्मान सिन्धुपाल्चोकका गायक चन्द्र सिंह घलेलाई नगद २५ हजार रुपैयाँसहित प्रदान गरिएको छ । गायक प्रधानको ४ वर्षअघि २०७८ सालमा निधन भएको थियो।
प्रधानको नाममा उनको परिवारले २०७९ सालमा गोल्डेन भ्वाइस प्रेमध्वज स्मृति प्रतिष्ठानको स्थापना गरेको हो। जसले प्रेमध्वजको जन्मजयन्तीको अवसर पारेर प्रत्येक दुई वर्षमा नेपाली सुगम संगीतमा साधनारत संगीतकर्मीलाई सम्मान गर्दै आएको छ।