एक करोड ५० लाख बिगो भएको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

NepalOne २९ जेठ २०८२ १५:१२
अपराध

काठमाडौं । एक करोड ५० लाख रुपैयाँ बराबरको बिगो रकम भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी हिरण्य कुमार मगर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले भोजपुरको रामप्रसाद राई गाउँपालिका ४ घर भइ ललितपुर महानगरपालिका–१४ महालक्ष्मी बस्ने ४१ वर्षीय मगरलाई बिहीबार पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी एसपी अपीलराज बोहराले बताएका छन् ।


प्रतिक्रिया