एयर इन्डियाको दुर्घटनाग्रस्त विमानमा थिए गुजरातका पूर्व मुख्यमन्त्री रुपाणी

NepalOne २९ जेठ २०८२ १५:५१
विश्व

काठमाडौँ । भारतको अहमदावादमा भएको एयर इन्डियाको दुर्घटनाग्रस्त विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि रहेको खुलेको छ ।

एयर इन्डियाको उडान नम्बर एआई–१७१ बिहीबार दिउँसो उडान भरेको दुई मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । विमान विमानस्थल परिसर नजिकै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ ।

विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसहित २४२ यात्रु सवार रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । विमान अहमदावाबाट लन्डन जादै थियो ।


प्रतिक्रिया