संसदमा रास्वपा र राप्रपाको विरोध जारी

NepalOne १ असार २०८२ १३:०४
प्रमुख खबर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोधकाबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अघि बढाएका छन् ।

आइतबार बिहान ११ बजे बैठक बोलाइएकोमा दुई घण्टा बैठक सुरु भएको थियो । बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदले बेल घेराउ गर्दै नाराबाजी गरिहेका छन् ।

दुई दलका सांसद बेल घेराउ गर्दै नाराबाजीमा उत्रिएपनि सभामुख घिमिरेले माओवादी, कांग्रेस र एमालेका सांसदहरुलाई बोल्ने समय दिएका छन् ।


प्रतिक्रिया