कांग्रेसको प्रश्नः रास्वपाले नैतिकताको पाठ सिकाउनु कति जायज हो ?

NepalOne १ असार २०८२ १३:१९
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नैतिकताको पाठ नसिकाउन आग्रह गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपाको विरोधकैबीच बोलेका कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा नैतिकताको प्रश्न उठाइएको विषयमा आपत्ति जनाएका हुन् ।

उनले रास्वपा सभापति रवि लामिछानेलाई पाँचवटा अदालतमा सहकारी ठगी, सम्पत्ति सुद्धीकरण संगठित अपराधको मुद्दा खेपिरहेको भन्दै पार्टीको सभापति पदमा विराजमान गराएर राख्न कुन नौतिकताले दियो ? भन्दै प्रश्न गरेका छन् ।

उनले भने,‘रास्वपाले नौतिकताको आधारमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै र होहल्ला गर्दै आएको छ । राजीनामा माग्ने साथीहरुले पाँचवटा अदालतमा सहकारीमा ठगी, सम्पत्ति सुद्दीकरण संगठित अपराधको मुद्दा खेपिरहेका सर्वोच्चले समेत थुनामा राख्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराएर राख्न कुन नैतिकताले दियो ?’

उनले नैतिकताको पाठ सिकाउने रास्वपाले आफैंबाट सुरु गर्नुपर्ने पनि बताए । उनले भने, ‘अहिले पनि रास्वपाको संसदीय दलको नेता रवि लामिछोने नै हुनुहुन्छ। जो संसद सदस्यबाट नै निलम्बित भइसक्नु भएको छ त्यही व्यक्ति नै अहिले पनि संसदीय दलको नेता राखेर बस्ने पार्टीले अरुलाई नैतिकताको पाठ सिकाउन मिल्छ कति मिल्ने हो कति जायज हो?’


प्रतिक्रिया