`

पत्रकार दिलभुषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

Nepal One HD २ असार २०८२ १८:०२
प्रमुख खबर

काठमाडौं । उच्च अदालत पाटनले पत्रकार दिलभुषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

हिल्टन होटेलमा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजुका पुत्र जयवीर देउवाको लगानीसम्बन्धी सामग्री प्रसारण गरेवापत पाठकविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो । उक्त उजुरीमा ब्युरोले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएको थियो ।

उजुरीपछि काठमाडौं जिल्ला अदालतले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पाठकका तर्फबाट आइतबार उच्च अदालत पाटनमा निवेदन परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *