`

तोलामा ९ सयले बढ्यो सुनको मूल्य

Nepal One HD ४ असार २०८२ १०:५८
अर्थ समाचार

काठमाडौँ । गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबार बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा ९०० रुपैयाँ र चाँदी ६५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुबार एक तोला सुनको मोल एक लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी दुई हजार २२५ मा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *