कांग्रेस नेताहरुद्वारा पूर्वमन्त्री शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण

प्रमुख खबर

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका दिवंगत नेता ढुण्डिराज शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।
पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली अर्पण कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले शास्त्रीको पार्टीको झण्डा ओढाएर सम्मान गरेका छन् ।
त्यस्तै पार्टीका पदाधिकारी, नेता–कार्यकर्तालगायत सानेपा पुगेर शास्त्रीलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । शास्त्रीको उपचारका क्रममा सोमबार बिहान निधन भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट