`

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा अवरोध नगर्न रास्वपालाई सभामुखको आग्रह

Nepal One HD ६ असार २०८२ ११:५९
प्रमुख खबर

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध नगर्न आग्रह गरेका छन् ।

रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने भन्दै विरोधको स्वरूप बदल्न सभामुखले आग्रह गरेको जानकारी दिए ।

तर रास्वपाले आफ्नो विरोध जारी रहने जानकारी दिएको अधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *