`

‘टेक एन्ड पे’को व्यवस्था संशोधनका लागि अर्थ मन्त्रालयलाई पत्र पठाइसकेका छौंः उर्जामन्त्री खड्का

Nepal One HD ९ असार २०८२ १२:५६
अर्थ समाचार

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने प्रक्रिया सुरु भइसकेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा मन्त्रीले खड्काले विद्युतको खपत के कति भएको भन्ने यकिन गरेर पैसा उठाउने प्रक्रिया सुरु भएको बताएका हुन् ।

उनले भने, ‘लामो समयदेखि अड्किएको कारणले सरकारले लाल आयोगलाई आधार मानी प्रक्रियागत ढंगले विद्युतको खपत के कति भएको छ यसबारे यकिन गरेर तत्काल पैसा उठाउनु भनेर निर्देशन भएको थियो । चाँडै बक्यौता उठ्नेछ।’

मन्त्री खड्काले बजेटमा आएको ‘टेक एन्ड पे’को व्यवस्था संशोधन हुने बताए । उनले टेक एन्ड पेको व्यवस्था संशोधनका लागि जेठ २७ गते नै अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको जानकारी दिए ।

मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणसँगको राय सुझावका आधारमा १० मेगावाटसम्मका साना जलविद्युत् योजना, विद्युत् खपत र निर्यात सुनिश्चित भएका रन अफ रिभर आयोजनाको विद्युत् खरिद सम्झौता ‘टेक अर पे’ नै राख्न उपयुक्त हुने भएकाले ऊर्जा मन्त्रालयले संशोधनको लागि अर्थ मन्त्रालयमा पठाएको बताए ।

उनले जलविद्युत र प्रसारण लाइनको लागि निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न टेक अर पे सम्झौता लागू गरिने उल्लेख गरे । मन्त्री खड्काले ट्यारिफ बिडिङ प्रणाली प्रसारण लाइन विद्युत् व्यापार सहभागिताका लागि नीतिगत संरचनागत व्यवस्था तयार गरिएको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *