नेपाल टी २० मा पोखराको तेस्रो जित

67 Shares

काठमाडौं । काठमाडौं नाइट्सलाई ५ विकेटले हराउँदै पोखरा एभेन्जर्सले नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा तेस्रो जित हात पारेको छ । पोखराका लागि ओपनर सुमित महर्जन र कप्तान उपुल थरङ्गाले तेस्रो विकेटका लागि ११२ रनको शतकीय साझेदारी गर्दै पोखराको जितको आधार तय गरेका थिए ।

जितका लागि १६५ रनको लक्ष्य पछ्याएको पोखराका लागि सुमितले सर्वाधिक ७६ रनको अर्धशतकीय पारी खेलेका थिए  ।

सम्बन्धित समाचार

सबै