बिहिबार स्थिर सुनको मूल्य, चाँदीको भाउ कति ?

NepalOne ५ माघ २०७९ ११:१३
अर्थ समाचार

काठमाडौं । बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य स्थिर रहेको छ । बुधबार रु १ लाख ४ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज तुलनामा स्थिर रही प्रतितोला रु १ लाख ४ हजार ५ सयमानै कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४ हजार छ । अघिल्लो दिन सोही मूल्य रहेको थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रू २० ले घटेर प्रतितोला रु १ हजार ३ सय ५५ कायम रहेकोे महासङ्घले जनाएको छ ।


प्रतिक्रिया