मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार

NepalOne १० माघ २०७९ ११:२६
अर्थ समाचार

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार तोलाको १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ हजार रुपैयाँले बढेर १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको छ भने सोमबार तेजावी सुनको भाउ तोलाको १ लाख ४ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो ।

यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सुनको मूल्य २०७८ फागुन २५ गते अहिलेसम्मकै उच्च १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो । मंगलबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको छ ।


प्रतिक्रिया