आज प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य

NepalOne २६ फागुन २०७९ ११:३२
अर्थ समाचार

काठमाडौँ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले बढेको छ । 

अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख एक हजार आठ सय तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख पाँच सय थियो । 

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार दुई सय २० कायम रहेको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।


प्रतिक्रिया