लघुवित्तिय संस्थाहरूले ज्यादती गरेको भन्दै नेकपा बहुमतले काठमाडौँ गर्यो प्रदर्शन

NepalOne ९ चैत २०७९ १६:००
अर्थ समाचार

काठमाडौँ – लघुवित्तिय संस्थाहरूले ज्यादती गरेको भन्दै नेकपा बहुमतले काठमाडौँ विरोध प्रदर्शन गरेको छ ।

लघुवित्तिय संस्थाहरूका कारण सर्वसाधारणहरू पीडित हुनुपरेको र ठगी गरेको भन्दै नेकपा बहुमतको बागमती उपत्यका ब्युरोले काठमाडौँको कमलपोखरीस्थित निर्धन उत्थान लघुवित्तको कार्यालय अगाडी प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले लघुवित्तिय संस्था खारेज गर, पीडितको ऋण मिनाहा गर, जनताको जीवनशैली सहज गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेकपा बहुमतका नेता गुणराज लोहनीले नेपालका ७५ प्रतिशत मान्छेहरू वित्तीय संस्थाबाट पीडित रहेको बताए । उनले लघुवित्तिय संस्थाहरूले ज्यादती नरोकिएसम्म निरन्तर सङ्घर्ष गर्ने चेतावनी दिएका छन् ।

लघुवित्तिय संस्थाहरूका कारण पीडित हुनुपरेको भन्दै पछिल्लो समय विरोध प्रदर्शन हुँदै आएको छ ।


प्रतिक्रिया