अभिनेत्री बेनिशा हमाल बनिन् निर्देशक

मनोरञ्जन

काठमाडौं नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री बेनिशा हमाल निर्देशक बनेकी छन् । चलचित्र ‘स्वर’ मार्फत अभिनयको सुरुआत गरेकी बेनिशा चलचित्र ‘मिसिङ ब्राइड’मार्फत निर्देशनमा पाइला चाल्न लागेक िहुन् ।
उनको निर्देशन रहेको छोटो चलचित्र ‘मिसिङ ब्राइड’ ओटीटी प्लेटफर्म सिनेमा घरएपमार्फत सार्वजनिक भएको छ । विवाह र बेहुलीलाई आधार बनाएर तयार गरिएको यस चलचित्रमा वर्षा राउत र विवेक सिंह ठकुरीको अभिनय रहेको छ ।यसमा अभिनेत्री हमालकै लेखन, शिवराम श्रेष्ठको छायाङ्कन, प्रविन श्रेष्ठको सम्पादन रहेको छ ।
प्रतिक्रिया
ताजा अपडेट