जवान देखिन प्लास्टिक सर्जरी गरेका थिए शाहरुख खानले

NepalOne ११ चैत २०७९ ८:१७
मनोरञ्जन

काठमाडौं – आजको समयमा जोकोही सुन्दर र जवान देखिन चाहन्छन् । यसका लागि मानिसहरू क्रिम र ब्युटी उपचारको सहारा लिन्छन् । यस्ता कुराको उपयोग युवती र अभिनेत्रीहरू बढी गर्छन् भन्ने चर्चा चल्छ । तर बलिउडमा यस्ता केही अभिनेता छन्, जो आफूलाई हेन्डसम देखाउनका लागि प्लास्टिक सर्जरी गर्नसम्म पनि पछि परेका छैनन् ।

अभिनेता शाहरुख खान उमेरले बुढो भए पनि उनको अनुहारमा त्यो देखिएको छैन । शाहरुखले बोटक्स ट्रिटमेन्ट गराएका छन् । उनले जवान देखिनका लागि कैयौं इन्जेक्सन पनि लिएका छन् ।

आमिर खान – आमिर खानलाई मिस्टर पर्फेक्सनिस्ट त्यसै भनिएको होइन । उनी हरेक चिजमा आफ्नो पर्फेक्सन देखाउँछन् । बलिउडमा आफ्नो अभिनयको जादू देखाएका आमिर खान उमेरले भलै ५७ वर्षका भए, तर उनी अहिले पनि जवान देखिन्छन् । आमिरले अनुहारको दाग र डन्डीफोर हटाउन कस्मेटिक सर्जरी गराएका थिए ।


प्रतिक्रिया