६० हजारको साइकल चढ्छन् सलमान खान

मनोरञ्जन

बलिउड कलाकार महँगा कारसँगै महँगा साइकलका पनि सौखिन छन् । आलिशान जिन्दगी बिताउने उनीहरूमध्ये केहीसँग प्राइभेट जेट पनि छ । जेट र कार भए पनि उनीहरूमा साइकल कुदाउने सोख उत्तिकै छ । त्यसैले उनीहरूलाई कैयौंपटक मुम्बईका सडकमा साइकल कुदाइरहेको भेट्न सकिन्छ ।
अभिनेता सलमान खानसँग महँगो कार र बाइकको कलेक्सन छ । गत महिना उनी बुलेट प्रुफ गाडी कोयोडा ल्यान्ड क्रुजरका कारण चर्चामा आएका थिए । कार र बाइकका अलावा सलमान साइकलका पनि सौखिन हुन् । उनी कैयौंपटक मुम्बईमा साइकलमा घुम्दै गरेको अवस्थामा भेटिएका छन् । उनीसँग बिइङ ह्युमनको साइकल छ । यसको मूल्य करिब ६० हजार भारु पर्छ ।
प्रतिक्रिया
ताजा अपडेट