सोमबार सुनको मूल्य स्थिर, चाँदीको भाऊ कति ?

NepalOne ४ वैशाख २०८० ११:५३
अर्थ समाचार

काठमाडौं / नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला रु १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुनको कारोबार सोही मूल्यमा किनबेच भएको थियो । आज तेजाबी सुन १ लाख ९ हजार ५ सय मूल्य कायम भएको छ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको कारोबार सोही मूल्यमा किनबेच भएको थियो ।


प्रतिक्रिया