बुधबार सुनको मूल्य बढ्यो, चाँदीको भाऊ कति ?

NepalOne ६ वैशाख २०८० ११:४५
अर्थ समाचार

काठमाडौँ  / नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । 

यसअघि, मङ्गलवार स्थिर रहेको सुन आज भने ३०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, मङ्गलवार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो । 

महासङ्घका अनुसार आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदीको तोला १५ रुपैयाँले बढेर १ हजार ४ सय ४५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । 


प्रतिक्रिया