आज कुन देशको विनिमयदर कति ?

NepalOne १० वैशाख २०८० ९:४६
अर्थ समाचार

काठमाडौं – आइतबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर ९ पैसाले घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसा, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६२ रुपैयाँ २४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९८ पैसा र अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ६४ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४ पैसा तोकिएको छ ।

यस्तै क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ८९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३ पैसा रहेको छ ।

यस्तै साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५३ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसा रहेको छ ।


प्रतिक्रिया