हनुमानढोका परिसरमा सामूहिक कुमारी पूजा

अध्यात्म

काठमाडौ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका परिसरमा सामूहिक कुमारी पूजा गरिएको छ । प्रत्येक वर्ष इन्द्रजात्रा सुरु भएको दोस्रो दिन हरेक बर्ष ५ सय ४ कुमारी पूजा गरिँदै आएको छ । विशेष गरेर राष्ट्र कल्याणको कामना गर्दै यो पूजा गरिन्छ ।
कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ । त्यस्तै कुमारी पूजा गर्दा उनीहरु रोग आदिबाट सुरक्षित हुने जनविश्वास रहेको स्थानीयहरुको भनाई छ । प्रत्येक बर्ष इन्द्रजात्राको अघिल्लो दिन हुने कुमारी पूजालाई २० बर्ष भन्दा बढी समयदेखि निरन्रतता दिइएको कुमारी पूजा व्यवस्थापन समितिका संयोजक राजन महर्जनले जानकारी दिए । कुमारीहरुलाई हनुमानढोकामा रहेको तलेजु भवानीको मन्दिर परिक्रमा गराई मूल स्थानमा पूजा गर्ने गरिन्छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट