बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको घुइँचो

अध्यात्म

काठमाडौ– रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने र लगाइदिनेको घुइँचो छ । दिदी–बहिनी नभएका दाजुभाई र दाजुभाई नभएका दिदीबहिनीहरुले बालगोपालेश्वर मन्दिरमा पूजा गर्ने र टीका ग्रहण गर्ने तथा लगाईदिने चलन छ ।
त्यसैले रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर तिहारको भाइटीकाको दिनमात्र खुल्ने गर्दछ । मन्दिरमा पूजा गर्ने र टीकाको व्यवस्थापन काठमाडौं महानगरपालिकाले मिलाउँदै आएको छ ।

भाइटीकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा रहे पनि बालगोपालेश्वर मन्दिर भने बिहानैदेखि खुलेको छ । आज बेलुकीसम्मै मन्दिर खुला रहने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट