`

बालकुमारी प्रदर्शनमा एक जनाको मृत्यु

Nepal One HD १३ पुष २०८० १४:११
अध्यात्म

ललितपुरको बालकुमारीमा भएको प्रर्दशनमा एक जनाको मृत्यु भएको छ । अर्का एकजना गोली लागेर घाइते भएका छन् ।
प्रदर्शन बढ्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको लाठीबाट एक २३ वर्षे युवकको मृत्यु भएको हो ।

प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर गम्भिर घाइते एक जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।


प्रतिक्रिया