`

जावलाखेलमा पुर्‍याइएको रातो मछिन्द्रनाथको रथमा भक्तजनले गरे पूजा, आज मछिन्द्रनाथको भोटो देखाइने

Nepal One HD २० साउन २०८१ ९:००
अध्यात्म

ललितपुरको जावलाखेलमा पुर्‍याइएको रातो मछिन्द्रनाथको रथमा पूजा गर्दै भक्तजन । जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम छ । तस्बिर: प्रदीपराज वन्त

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आाज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो ।

जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिनुभयो । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।

प्रतिक्रिया