`

पवित्रस्थल देवघाटमा श्रावणी स्नान गर्दै पुरोहितहरु (फोटोफिचर)

Nepal One HD ३ भदौ २०८१ ८:१९
फोटोफिचर

जनैपूर्णिमाका दिन सोमबार बिहान पवित्रस्थल देवघाटमा श्रावणी स्नान (गणस्नान) गर्दै पण्डित एवं पुरोहितहरु ।

गणस्नानमा सामूहिक रूपमा पुरोहितहरुद्वारा संकल्प एवं मन्त्रोच्चारण गर्दै पञ्चगव्य , भस्म, सप्तमृत्तिका, अपामार्ग आदिको लेप शरीरमा घस्ने गरिन्छ । स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिद्वारा जनै र रक्षाबन्धन धागो मन्त्रने परम्परा रहेको छ । तस्बिर ः सनद अधिकारी


प्रतिक्रिया