`

राजेन्द्र लिङदेनलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको छैन, हल्ला मात्र हो – विश्वप्रकाश शर्मा

Nepal One HD २२ पुष २०७९ २१:२७
प्रमुख खबर

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीमा प्रस्ताव नगरेको बताएका छन् । शुक्रबार पत्रकारहरसँग कुरा गर्दै महामन्त्री शर्माले संस्थागत रुपमा सभापति वा महामन्त्रीहरुको तहबाट त्यस्तो अफर नगरिएको बताए ।

उनले भने – ‘कांग्रेसले कुनै दलको सभापतिलाई प्रधानमन्त्री प्रस्ताव गरेको भन्ने चर्चा छ। तर कांग्रेस तत्काल नजाने गाउँको बाटो सोध्दैन, सोधीरहेको छैन। यो भ्रम हो ।’ उनले आफ्नो पार्टी तत्काल वर्तमान गठबन्धन भत्काएर नयाँ प्रधानमन्त्री बनाउने पक्षमा नरहेको पनि बताए ।


प्रतिक्रिया