सबै राजनीतिक दलहरूसँग विश्वासको मत माग्ने सत्ता साझेदार दलको बैठकको निर्णय

प्रमुख खबर

काठमाडौं – आइतबार बसेको सत्ता साझेदार दलको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकले संसदमा रहेका सबै राजनीतिक दलहरूसँग विश्वासको मत माग्ने निर्णय गरेको छ ।
बैठकले सरकार सञ्चालनका लागि सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने निणर्य पनि गरेको छ । यस्तै आजको बैठकमा सातवटै प्रदेशका प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरु बाँडफाँटका बिषयमा कुनै निर्णय हुन सकेन ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट