`

नागरिक उन्मुक्तिले माग्यो सुदूरपश्चिम प्रदेश सरकारबारे निर्णय गर्न २४ घण्टाको समय

Nepal One HD २५ पुष २०७९ ११:५७
प्रमुख खबर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिम प्रदेशको उपसभामुखको प्रस्ताव आएसँगै सहभागिताबारे निर्णय गर्न पार्टीले केहि समय माग गरेको छ । सुदूरपश्चिम सरकारमा पार्टीको सहभागिताबारे निर्णय गर्न २४ घण्टाको समय मागेको गरेको हो

सत्ता साझेदार दलका शीर्ष नेताहरुको आइतबार बसेको बैठकले सातै प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुख भागबन्डा गरेको थियो । जसमा नागरिक उन्मुक्तिलाई सुदूरपश्चिम प्रदेशको उपसभामुख लिन प्रस्ताव गरिएको थियो ।

सुदूरपश्चिममा सरकार गठनमा निर्णायक बनेको नागरिक उन्मुक्तिले भने मुख्यमन्त्री दाबी गर्दै आएको थियो । नागरिक उन्मुक्ति पार्टीका नेता गंगराम चौधरी भन्छन्, ‘प्रदेश सरकारको हकमा के गर्ने भन्ने निर्णय गर्न हामीले २४ घण्टाको समय मागेका छौं । आज साँझसम्ममा एउटा टुंगोमा पुग्छौं ।’

 


प्रतिक्रिया