निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो बैठक सुरु


काठमाडौं । मंसिर ४ को निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो बैठक सोमबार आज सुरू भएको छ । बैठकमा प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
मंसिर ४ को निर्वाचनबाट प्रतिनिधिसभामा १२ राजनीतिक दल र पाँच स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेस ८९, नेकपा एमालेका ७८, नेकपा माओवादी केन्द्र० ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ सांसद रहेका छन् ।
यस्तै, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा ९एकीकृत समाजवादी० का १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एकरएक तथा स्वतन्त्र पाँच सांसद् छन् ।