`

‘जनताले परिवर्तनको आकांक्षा राखेकै कारणले नयाँ पार्टीको उदय भएको हो’: अध्यक्ष ओली

Nepal One HD २५ पुष २०७९ १३:५९
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले परिवर्तनको आकांक्षा राखेकै कारणले नयाँ पार्टीको उदय भएको बताएका छन् । सोमबार मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकमा आफ्नो कुरा राख्दै राष्ट्रियता सम्बन्धमा निकै ठूलो जिम्मेवारी अहिलेको सदनलाई रहेको भन्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘राजनीतिलाई ठिक ढंगबाट अगाडि बढाउनुपर्ने मुख्य जिम्मेवारी सदनसमक्ष छन् । हाम्रा अगाडि राष्ट्रियताका प्रश्न छन् । हामीले कतिपय समस्याको समाधान गर्नुपर्ने छ । व्यक्तिको मान सम्मानको लागि होइन, देश चलाउनका लागि हामीले सरकार बनाउनुपर्छ । जनताको काम गर्न सरकार चाहिन्छ ।’

देश विकास र जनताको सेवामा अग्रसर हुनुपर्ने र जनताको काम गर्न सरकार चाहिने उनको भनाई थियो । ओलीले जात र विविधताको मात्र नभएर समग्र राष्ट्रिय संस्कृतिको संरक्षण र सम्वर्द्धनमा जोड दिनुपर्ने समेत बताएका छन् ।


प्रतिक्रिया