`

संसद्‌मा रवि लामिछानेको पहिलो सम्बोधन : भ्रष्टाचारका विषयमा कसैले प्रभाव नपार्ने आग्रह

Nepal One HD २५ पुष २०७९ १४:२१
प्रमुख खबर

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका विषयमा कसैले पनि प्रभाव नपारीदिन आग्रह गरेका छन् । मंसिर ४ मा भएको निर्वाचनबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठकमा गृहमन्त्री लामिछाने बोल्दै  जुनसुकै बेला भएका भ्रष्टाचारका फाइल खुल्ने बताउदै यस्तो बताएका हुन् ।

भ्रष्टा्रचार छानबिनमा सरकार कटिवद्ध रहेको बताए । ‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषमया सरकार निर्मम भएर खडा हुन्छ’ उनले भने । उपप्रधानमन्त्री लामिछानेले संसदले पनि त्यस्ता भ्रष्टाचारका घटना छानबिनका लागि फाइल खोल्नुपर्ने बताए ।

उनले जनताले दिएको मतलाई सम्मान गर्दै आफूहरु सरकारमा सहभागी भएको  बताएका छन्  । उनले जनजीविकाका सवालमा सरकार निर्ममताका साथ प्रस्तुत हुने बताए । उनले जनताले जानेर या नजानेर अहिले मिलाएर मत दिएको बताए ।

उनले आफूहरुजस्ता नयाँ दललाई पनि नमात्तिने गरी र ठूला दललाई पनि चुनौती थप गरिदिएर जनताले मिलाएर मत दिएको उनको भनाई छ ।


प्रतिक्रिया