`

वर्तमान सरकारसँग धेरै चुनौती छ : अध्यक्ष ओली

Nepal One HD २५ पुष २०७९ १४:३०
प्रमुख खबर

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग धेरै चुनौती रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीलाई विश्वासको मतको समस्या नभएपछि सरकारसँग भने धेरै चुनौती रहेको बताउनुभएको हो । उहाँले अर्थतन्त्रलाई मजबुन बनाउने, राष्ट्रियतालाई बलियो बनाउने देखि सुशासन कायम गर्ने, भ्रष्टाचार रोक्ने लगायतका चुनौती सरकार सामु रहेको बताउनुभयो ।

उहाँले अव सबैले आफ्नो कार्यभार देश र जनताकै लागि उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । ओलीले अव पनि सरकार ढलाउने बनाउने खेलमा लागे समयको बरबादी हुने र देशका लागि काम गर्न नसकिने धारणा पनि राख्नुभयो ।

उहाँले व्यक्तिको मान सम्मानका लागि नभई देशमा उन्नति गर्नका लागि सरकार बनाउनुपर्ने पनि बताउनुभयो । संसद्मा नयाँ दल र नयाँ सांसदहरूको उपस्थिति नै जनताको परिवर्तनको आकाङ्क्षा भएको उहाँको भनाइ छ ।

ओलीले नयाँ जनादेश माग्न जानु प्रतिगमन नभएको र अन्यत्रबाट सरकार ढाल्न खोज्नु प्रतिगमन भएको तर्क गर्नुभयो । त्यस्तै ओलीले यस पटक सफल सांसद भएर देखाउनुपर्ने जिकिर गर्नुभयो ।


प्रतिक्रिया