प्रचण्डलाई विश्वासको मत दिने कांग्रेस सभापतिको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका छन् । मंगलबार धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका हुन् ।
तर कांग्रेसका पदाधिकारीहरुले विश्वासको मत दिन नहुने मत राखेका छन् । यसबारे केन्द्रीय समितिले निर्णय गर्नु पर्ने माग गरेका थिए । कांग्रेसका पदाधिकारीबीच एक मत हुन नसकेका कारण कार्य सम्पादन समितिको बैठक बोलाइएको हो । कांग्रेसको कार्यसम्पादन समितिलाई केन्द्रीय समितिले लिने निर्णय गर्ने अधिकार भएकाले कार्य सम्पादन समितिको बैठक बस्ने भएके हो ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् । बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक दुईघण्टा पछि सारिएर दिउँसो १ बजे बस्ने भएको छ । २७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्री प्रचण्डले कम्तीमा १३८ सांसदको समर्थन चाहिन्छ ।