प्रचण्डलाई विश्वासको मत दिने लोकतान्त्रिक समाजवादी पार्टीको निर्णय


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । सदन बस्नुअघि बसेको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
लोसपका सांसद शरद सिंह भण्डारीका अनुसार विश्वासको मत लिएर प्रतिपक्षमा बस्ने निर्णय अध्यक्ष महन्थ ठाकुरले सुनाएका हुन् । उनले भने, ‘हामीले यसअघिको बैठकमा नै सबै जिम्मेवारी अध्यक्षज्यूलाई दिएका थियौं । प्रतिनिधिसभाको बैठक बस्नुअघि बसेको संसदीय दलको बैठकमा विश्वासको मत दिने निर्णय गर्नुभएको हो ।’
प्रतिनिधिसभामा लोसपााका ४ जना सांसद छन् । पुस २४ गते बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिनेरनदिने बारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो । प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । त्यस अगावै लोसपाले आफ्नो निर्णय सुनाएको हो ।