`

प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

Nepal One HD २६ पुष २०७९ १२:५१
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसले  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ ।  बानेश्वरस्थित संसद भवनमा बसेको कांग्रेस कार्य सम्पादनको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय भएको हो ।

अब कार्यसम्पादन समितिको निर्णय संसदीय दलको बैठकमा सुनाइने भएको छ । संसदीय दलको बैठकबाट विश्वासको मत दिने अन्तिम निर्णय गरिने नेताहरुले बताएका छन् । कार्यसम्पादन समितिको बैठकपछि अब संसदीय दलको बैठक बस्दैछ ।

संसदीय दलको बैठकमा सभापति तथा दलका नेता शेरबहादुर देउवाले प्रचण्ड सरकारलाई विश्वासको मत दिन पार्टीमा ह्यीप जारी गर्ने भएका छन् ।

महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननर सिंह केसी र बलबहादुर केसीले निर्णयमा लिखित असहमति जनाएका हुन् । पदाधिकारी बैठकमा सभापति देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्ताव गरेपछि उनीहरुले असहमति जनाउँदै कार्य सम्पादन समिति बैठक बोलाउन माग गरेका थिए ।


प्रतिक्रिया