प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा दुई महामन्त्रीसहित ४ जनाको लिखित असहमति

प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णयमा ४ जनाले लिखित असहमति जनाएका छन् । असहमति जनाउनेमा दुई महामन्त्रीसहित ४ जना रहेका छन् ।
कांग्रेसका नेताहरु अर्जुननर सिंह केसी र बलबहादुर केसी तथा महामन्त्रीहरु विश्वप्रकाश शर्मा र गगन थापाले विश्वासको मत दिने निर्णयमा असहमति जनाएका हुन् ।
आज बसेको संसदीय दलको बैठकबाट सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्ताव गरेपछि उनीहरुले असहमति जनाउँदै कार्य सम्पादन समिति बैठक बोलाउन माग गरेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट