प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन प्रतिनिधिसभाको बैठक सुरु

प्रमुख खबर

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनेसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने एउटा मात्र कार्यसूची रहेको बैठक सुरु भएको हो ।
सत्तागठबन्धनमा रहेका दलबाहेक नेपाली कांग्रेस, नेकपा एस र लोसपाले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् । बाँकी २७४ सांसदमध्ये प्रचण्डले २७२ सांसदले विश्वासको मत पाउने देखिएको छ ।
आजै बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक नेपाली कांग्रेसको अनुरोधमा सारिएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट